सरकारी खातामा २३ अर्ब राजश्व उठ्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दुई दिन बाँकी हुँदा सरकारी खातामा ३२ अर्ब राजश्व उठाउनुपर्ने भएको छ । 

सरकारले आर्थिक वर्षको बजेट विनियोजनको क्रममा स्रोत सुनिश्चित नभई धेरै विनियोजना भएर स्रोत समस्यामा परेको अर्थ मन्त्रालयलाई संसोधित अनुमानअनुसार पनि राजश्व उठ्न समस्या देखिएको छ ।

सरकाले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको छ । तर, शनिबारसम्म सरकारले ६ खर्ब ९७ अर्ब रुपैयाँमात्र संकलन गरेको छ । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबार र सोमबारभित्र सरकारले ३२ अर्ब १९ करोड रुपैयाँ उठाउनुपर्ने छ ।

शनिबारसम्मको तथ्यांकअनुसार सरकारले कूल विनियोजन बजेटको ८० प्रतिशत खर्च गरेको छ । सरकारले संसोधित अनुमान भने ८४ प्रतिशत रहेको छ । शनिबारसम्म १० खर्ब २४ अर्ब खर्च भएकोमा अनुमानअनुसार आज र भोलिभित्र ५८ अर्ब खर्च गर्नुपर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?