अमेरिकाबाट फर्किए डा. लोहनी, विमानस्थलमा के–के भने ?

काठमाडौँ– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा आर्थिक विकास र समृद्धि कायम गर्न सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा करिब दुई महिनाको भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा लोहनीले स्थानीय विकास, भौतिक पूर्वाधार, यातायात, कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले ठूलो संख्यामा रोजगारीको सिर्जना गर्ने र सामाजिक रुपान्तरणमा बहुआयामिक प्रभाव पार्ने बताए ।

उनले लामो समयदेखि विदेशमा बसेर ज्ञान, सिप र धन आर्जन गरेका नेपालीलाई स्वदेशमा राजनीतिक स्थिरता र शान्ति रहेकाले लगानीका लागि आग्रह गरेको जानकारी दिए । अध्यक्ष लोहनीले आफ्नो संगठनको नीति, सिद्धान्तप्रति निकट दलसँग एकता हुन सक्ने बताउँदै वैचारिक निष्ठाप्रति अझै सशक्तरूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यही असार २ र ३ गते सानफ्रान्सिस्कोमा भएको गैरआवासीय नेपालीहरूको सातौँ सम्मेलनलाई मुख्य वक्ताकारुपमा सहभागीभएका  अध्यक्ष लोहनीले क्यालिफोर्नियाका विभिन्न शहरमा रहेका नेपालीहरूसँग आर्थिक अन्तक्र्रिया समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?