काठमाडौं । जुम्लान आमरण अनसरनत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने भएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १४ दिनदेखि जुम्लामा आमरण अनसनरत डा. केसीको स्वास्थ्यमा कमजोर भएको भन्दै बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका हुन् ।
शिक्षामन्त्री पोखरेलले शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको जानकारी दिए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले यस्तो बेला मौसमले साथ दियो भने बलपूर्वक डा. केसीलाई काठमाडौं ल्याउने संकेत गरेका थिए । तर, ‘सरकारले बल प्रयोग गर्यो भनेर नलेख्नुहोला ।’ उनले भने ।
डा. केसीले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया