काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतले स्वास्थ्य क्षेत्रमा मिलेर काम गरिरहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिरहेको समेत बताएका छन् ।
‘म खुशी छु कि भारत र नेपालले स्वास्थ्य क्षेत्रमा मिलेर काम गरिरहेका छन् र नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिरहेका छन्।’ मोदीले भनेका छन् ।
शनिबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमकाबीच भूकम्पपछि भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी प्रगती अवलोकनसहित उद्घाटन भएको छ ।
म खुशी छु कि भारत र नेपालले स्वास्थ्य क्षेत्रमा मिलेर काम गरिरहेका छन् र नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिरहेका छन्। pic.twitter.com/9k9EUTTLAx
— Narendra Modi (@narendramodi) April 2, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया