सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बिहीबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आह्वान गरिएको हो ।
बैठकमा आगामी वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा छलफल हुने बताइएको छ ।
काँग्रेसको केन्द्रीय समिति बैठकले आवश्यकताअनुसार चुनावी तालमेल गर्नेबारे निर्णय गरिसकेको छ भने आजको गठबन्धनको बैठकमा थप निर्णय लिइने बताइएको छ ।
बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको सहभागिता रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया