काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयमा विनियोजन गरिएको बजेटको विषयमा सदःयहरुले राखेका जिज्ञासाको पनि सम्बन्धित मन्त्रीबाट जवाफ दिइने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमा प्रस्तुत गर्न कटौतीको प्रस्तावलाई पनि सदनमा निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया