अनशनरत गंगामायाका छोराको हत्या आरोपी छविलाल पौडेलद्वारा आत्मसमर्पण‌, सर्वोच्चले पठायो डिल्लीबजार कारागार

काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । 

उनलाई चितवन जिल्ला अदालतले धरौटीमा छाडेको थियो । सर्वोच्चले उनलाई पुर्पक्षका लागि थुनामा राखेर कानून बमोजिम कारवाही गर्न ६ पुस २०७२ मा आदेश थिएको थियो । तर, उनी फरार थिए ।

छोराको न्यायको माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी जेठ १५ गतेदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छिन् । उनका श्रीमान नन्दकुमार पनि उनीसँगै छोराको हत्यारालाई कारवाही गर्न भन्दै अनशन बसेका थिए । अनशनकै क्रममा नन्दप्रसादको निधन भएको थियो ।

यता गंगामायाको स्वास्थ्य अवस्था गम्भीर भएपछि मानव अधिकारकर्मीले गंगामायाको माग पूरा गर्न दबाद दिँदै आएका थिए भने प्रतिपक्षी दल कांग्रेसले पनि गंगामायाका पक्षमा आवाज उठाउँदै आएको थियो ।

यसै क्रममा आइतवार आफै सर्वोच्च अदालतमा हाजिर भएर आरोपी छविलालले मुद्दा पुर्पक्षका लागि निवेदन दिएका थिए । उनलाई डिल्लीबजार थुनामा राखिने भएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?