काठमाडौं । यो साता पनि नेप्से सूचक तथा कारोबार रकम दुवैमा खासै उत्साह देखिएन । नियमित कारोबारको लागि नेप्से पाँच कार्यदिन नै खुलेको भए पनि यो साता नेप्से घट्ने र बढ्ने क्रम लगभग बराबरजस्तै देखिएको थियो । जसले गर्दा नेप्से सूचक तथा कारोबार रकम दुवैमा खासै उत्साह नदेखिएको हो ।
सोअनुरुप नेप्से २६ सय १३ दशमलव ६७ अंकमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स पनि यो साता चार सय ८८ दशमलव ९४ अंकमा खुम्चिन पुगेको छ । जसबाट दुई सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार हुन पुगेको छ ।
सातामा एक लाख ८४ हजार छ सय ७७ पटकको कारोबारमा दुई करोड ४० लाख ९० हजार सात सय ६२ कित्ता सेयर किनबेच हुँदा कुल सेयर कारोबार रकम १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार आठ सय ७२ रुपैयाँ पुगेको छ ।
गत साता भने नेप्सेमा दुई सय ३१ वटा कम्पनीहरुको एक लाख ६६ हजार पाँच सय ४२ पटकको कारोबारमा दुई करोड २८ लाख ६८ हजार तीन सय ९७ कित्ता सेयर खरिदबिक्री भएको थियो । सोही आधारमा पनि उक्त साता कुल कारोबार १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो र तेस्रो दिन नेप्से बढेको थियो । सोमध्ये पहिलो दिन १४ दशमलव ६७ अंकले घटेर दुई हजार छ सय १६ दशमलव ५८ अंकमा झरेको नेप्से दोस्रो दिन भने १८ दशमलव शून्य सात अंकले बढेर दुई हजार छ सय ३४ दशमलव ६५ अंकमा पुग्न सफल भएको छ ।
तेस्रो दिन पनि १२ दशमलव ५४ अंकले बढेर दुई हजार छ सय ४७ दशमलव २० अंकमा चढेको नेप्से चौथो दिन भने २० दशमलव ३४ अंकले घटेर दुई हजार छ सय ३० दशमलव ३६ अंकमा खुम्चिएको थियो । यसैगरी पाँचौँ दिन पनि नेप्से १६ दशमलव ६९ अंकले घटेपछि दुई हजार छ सय १३ दशमलव ६७ अंकमा खुम्चिन पुगेको छ ।
यो साता सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन तीन दशमलव शून्य एक अंकले घटेर चार सय ९४ दशमलव ३८ अंकमा झरेकोमा दोस्रो दिन भने एक दशमलव ९२ अंकले बढेर चार सय ९६ दशमलव ३० अंकमा चढेको थियो ।
तेस्रो दिन पनि दुई दशमलव छ अंकले बढेर चार सय ९८ दशमलव ३६ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स चौथो दिन भने चार दशमलव २२ अंकले घटेर चार सय ९५ दशमलव ११ अंकमा झरेको थियो । पाँचौँ दिन पनि सेन्सिटिभ इन्डेक्स छ दशमलव १७ घटेपछि चार सय ८८ दशमलव ९४ अंकमा खुम्चिन पुगेको छ ।
यो साता नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल टेलिकमलगायतका कम्पनीहरु अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया