१. सरकारको चुनाव सार्ने कुनै मनसाय नभएको प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा प्रस्ट, तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त ।
२. निर्वाचन आयोगप्रति एमाले अध्यक्ष ओलीको आक्रोश ः गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइएको आरोप ।
३. आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले बनायो ६ वटा मापदण्ड, वैशाख ९ गते घोषणपत्र जारी गर्ने ।
४. आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि ध्यान दिने उल्लेख ।
५. चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल आउने पक्का, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने ।
६. एनआरएनए निर्वाचन र महाधिवेशन प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश, चैत्र ९ गते दुवै पक्षलाई आआफ्नो प्रमाणहरु सहित छलफलका लागी अदालत बोलाइयो ।
७. देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रुपले लागेको नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको भनाइ, सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको उल्लेख ।
८. सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्नेमा खेलकुदमन्त्री महेश्वर गहतराजको जोड, स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान बनाउन आवश्यक रहेको उल्लेख ।
९. वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, रेमिट्यान्स भने घट्दै, ११ महिनामा साढे ४ लाखभन्दा बढीले लिए श्रम स्वीकृति ।
१०. ११ प्रतिशतले सार्वजनिक सवारीको भाडादर बढाउने सरकारको तयारी, पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार ।
११. पछिल्लो २४ घण्टामा गरिएको २ हजार ९ सय ७८ परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४७ जना कोरोना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ ।
१२. रुससँगको वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुने युक्रेनी राष्ट्रपतिको चेतावनी, आफूले रुसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको उल्लेख
१३. चीनमा १३३ जना यात्रुबोकेको विमान पहाडमा ठोक्कियो, उद्धारका लागी टोली घटनास्थलमा, मानविय क्षेतीबारे विवरण आँउन बाँकी ।
१४. मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान, नेपालले थाइल्याण्डसँग बिहीबार भिड्दै ।
१५. र, १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको सम्पूर्ण तयारी पूरा, भोली कमलादीस्थित प्रज्ञा भवनको हलमा अवार्ड कार्यक्रम अपरान्ह ३ बजे सुरु हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया