काठमाडौं । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार टे«डिङ्ग कम्पनी प्रालिले हिमालय उद्धार संघ नेपाललाई होण्डा जेनेरेटर हस्तान्त्रण गरेको छ ।
विशेष गरेर हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँचनै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई विभित्र स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वस्थ शिबिर संचालन तथा उद्धार कार्यमा सहज बनाउनका लागि होण्डा जेनेरेटर वितरण गरेको हो ।
उक्त संस्थालाई ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्यकाकर टे«डिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमकाबीच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्त्रण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया