हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो हाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने छ। यस्तै पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
यसैगरी राति पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन्चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया