आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
91
Shares

१. आगामी स्थानीय तहको निर्वाचनमा पाँच दललाई एउटै खुट्टाले कुल्चने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने दाबी ।

२. नेकपा माओवादी केन्द्र गठबन्धनको भरमा नभई आफ्नै खुट्टामा उभिने अध्यक्ष प्रचण्डको भनाइ, माओवादी केन्द्र निर्वाचनपछि १ नम्बर पार्टी हुने सम्भावना बढेको प्रतिक्रिया ।

३. नेपाली कांग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुङ्गो लगाउने, उम्मेदवारी सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना रहेको प्रवक्ता प्रकाशशरण महतको भनाइ ।

४. नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रोको अनुगमन गर्न सरकारी समिति गठन, स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गर्नेलाई कारबाही गरिने ।

५. एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको कटाक्ष, ओलीको मतपेटिका खाली गर्न खनाललाई चुनौती ।

६. एमसीसी राष्ट्रहितका लागि रहेकाले मात्रै संसदमा पेस गरिएको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, एमसीसी नितान्त देशमा विद्युतीकरण र बाटो निर्माणका लागि भएकाले देशमा विकास गर्ने दाबी ।

७. ९३ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी, पूर्णमात्रा खोप लगाउनेको संख्या एक करोड ६१ लाख ८४ हजार बढी ।

८. फेसुबक र इन्स्टाग्राममा नेपाली गीत बजेबापत गीतका कलाकार तथा सर्जकले अब रोयल्टी पाउने, रोयल्टी पाउनका लागि सर्जकले रोयल्टी संकलन समाजमा गीत दर्ता गर्नुपर्ने ।

९. राष्ट्रको हितमा रहेको सहयोग जुनसुकै देशले दिए पनि लिनुपर्नेमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको जोड, एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न आग्रह ।

१०. सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन, ७२ घन्टाभित्रको नेगेटिभ रिपोर्ट नभएको र कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका बालबालिकाको पनि पीसीआर परीक्षण अनिवार्य ।

११. पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ६१ परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण फुष्टि, ३ सय ८२ जना संक्रmमणमुत्त, ३ हजार २ सय ४१ जना सक्रिय संत्रमित ।

१२. रुस–युक्रेन युद्धमा अहिलेसम्म ८ सय ४७ युत्रेनी सर्वसाधारण मारिए, २५ लाखभन्दा बढी मानिस युक्रेन छाडेर छिमेकी देशको शरणमा ।

१३. श्रीलंकामा कागज अभाव भएपछि सबै परीक्षा रद्द, लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा ।

१४. राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव विवादको टुङ्गो आगामी आइतबार लाग्ने, सर्वोच्च अदालतले चैत १३ गते मुद्दाको पूर्ण सुनुवाइ गर्ने ।

१५. र, स्पेनिस ला लिगाअन्तर्गतको फुटबल खेलमा आज राति दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना भिड्दै, पछिल्लो ५ खेलमा जित हात पारेको रियल छैटौँ जितको खोजीमा मैदान उत्रँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?