काठमाडौं । वेलकम एड्भरटाईजिङले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
विश्वशान्तिको कामना गर्दै, वर्तमान समयमा युवा पुस्ता आफ्नो परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुँदै आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई होलीको शुभकामनासहित, विभिन्न होलीको रंग लगाइदिएर, यस्ता पर्वहरुले समाजमा आपसी मेलमिलापका साथै आत्मियताको राम्रो विकास र थप खुसी बढ्ने विश्वास व्यक्त गरे
र हामी शान्ती चाहन्छौं भन्ने शन्देश प्रवाह गर्न ‘We Stand For Peace This Holi’भन्ने श्लोगनका साथ यसपालीको होली रमाइलो गर्दै मनाए ।
परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका विभिन्न रंगहरुमा रंगिए पछि होली पर्वको उत्साह छुट्टै देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया