काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भू भुइखेलबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्बरको कालो रङ्गको २०० सीसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार सिंहले चैत ०२ गते यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गर्दै आएको गुर्जुधाराबाट सवारीचालक अनुमतिपत्र ‘ए’ वर्गको परीक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाणपत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परीक्षा दिएको समेत खुल्न आएको प्रहरीले जनाएको छ।
वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाइकल आशिष गुरूङको रहेको समेत पत्ता लागेको छ । निज सवारीधनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिइसकेको महाशाखाले जनाएको छ ।
नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया