आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
140
Shares

१. आज रङ्गहरुको पर्व होली, देशका अधिकांश पहाडी क्षेत्रमा एक–आपसमा रङ्ग दलेर हर्षोल्लासका साथ मनाइयो, भोलि तराईमा मनाइने ।

२. माओवादी आफ्नै तागतमा चुनावमा जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, आफ्नै एजेण्डा लिएर जनतामा जाने पार्टीको पहिलो प्राथमिकता रहेको उल्लेख ।

३. ३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको भनाइ, एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष ।

४. सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, मुलुक अप्ठ्यारोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न चाहेको दाबी ।

५. काठमाडौं उपत्यकामा लापरबाही गरेर सवारी चलाउने ३ सय ४५ सवारीसाधन ‘होल्ड’, ६८ ठाउँका ट्राफिक चेक प्वाइन्टबाट कारबाहीमा पर्ने अधिकांश मापसे गरेका ।

६. स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने, जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता।

७. होलीमा नेपालको परनिर्भता बढ्दो, आर्थिक वर्ष २०७८/७९ को माघसम्म मात्रै करिब २ अर्ब रुपैयाँको रङ्ग आयात ।

८. पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ६ सय ५४ परीक्षणमा थप २७ जनामा कोरोना संक्रमण फुष्टि, २ सय २० जना संक्रमणमुत्त, मृतकसंख्या शून्य ।

९. मिथिला क्षेत्रको प्रसिद्ध मध्यमा मिथिला परिक्रमावासी जनकपुरधाम आइपुगे, भोलि बिहान २ बजेदेखि नै श्रद्धालुहरूले जनकपुरको गृह परिक्रमा गर्ने ।

१०. नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेपछि ४ महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीहरु अब पढ्न तयार ।

११. ‘पिर’ गीत प्रकाश सपूतले नभई साम्राज्यवादी शक्तिले ल्याएको पूर्वसभामुख कृष्णबहादुर महराको आरोप, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ ल्याइएको भनाइ ।

१२. कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई कसैले रोक्न नसक्ने विष्णु पौडेलको भनाइमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको आपत्ति, कालिगण्डकी डाइभर्सन कुनै हालतमा हुन नदिने प्रतिक्रिया ।

१३. रुसी हमला तत्काल रोक्न राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालयको आदेश, आदेशको बेवास्ता गरेमा रुस थप एक्लिने चेतावनी।

१४. रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने, केही माइल टाढाबाट हान्न सकिने उक्त ड्रोन बृहत् सैन्य प्याकेजअन्तर्गत भएको अमेरिकाको भनाइ ।

१५ र, अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा चैत १५ गतेलाई तय, एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?