जनकपुर आइपुगे मध्यमा मिथिला परिक्रमावासी

लोकपथ
56
Shares

जनकपुरधाम । मिथिला क्षेत्रको प्रसिद्ध मध्यमा मिथिला परिक्रमावासी आज जनकपुरधाम आइपुगेका छन् । फागुन शुक्ल आमावसियामा जनकपुरधामबाट सुरु भएको मध्यमा परिक्रमा विहारको गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको प्रवक्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, कल्याणेश्वर हुँदै पुनः जनकपुरधाम पुगी गृहपरिक्रमापश्चात् परिक्रमा सम्पन्न हुन्छ ।

भोलि बिहान २ बजेदेखि नै श्रद्धालुहरू जनकपुरको गृह परिक्रमा गर्छन् ।

परिक्रमामा सहभागी श्रद्धालुहरूले खाने, लाउने सामग्री आफैँले बोकेर १५ दिनमा करिब एक सय २७ किलोमिटर खालीखुट्टा हिँड्ने गर्छन् ।

यसैबीच, जनकपुरधामको वारह विघा पुगेका परिक्रमावासीको स्वागतमा मधेश प्रदेश सरकारको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कार्यक्रमको आयोजना गरेको छ ।

परिक्रमामा सहभागी हुँदा परिवारमा सुख समृद्धिको आगमन, जीवनमा गरेको पापबाट मुक्ति प्राप्ति र मरनोपरान्त आत्माले शान्ति पाउने जनविश्वास रहेकाले छ। मिथिलाञ्चल क्षेत्रको एतिहासिक, धार्मिक तथा पौराणिक महत्वको १५ दिने मिथिला परिक्रममा शुक्रबार धनुषाको प्रवत्ता पुग्नेछ ।

परिक्रमाको प्रत्येक विश्रामस्थलमा मिथिला महात्म्यको कथा वाचन गर्ने परम्परा रहेको सुन्दर सदनका महन्थ नवलकिशोर शरणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?