काठमाडौं । आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मानले बुधबार पञ्जाव प्रान्तको खटकर गाउँमा एक समारोहबीच शपथ लिएका हुन् । उनले शपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।
विशाल शपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र सो राज्यका मानिसहरुको उपस्थित थियो । शपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेता र महिला पहेँलो सलमा सजिएका थिए । ११७ सिट रहेको पन्जाब विधानसभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को विधानसभामा ७७ सिट ल्याएको कांग्रेस १८ सिटमा खुम्चिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया