राजस्व अनुसन्धानद्वारा सौगात इन्टरनेसनलविरुद्ध ८ करोड रुपैयाँ बिगोसहित आरोपपत्र दायर

लोकपथ
308
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले सौगात इन्टरनेसनलविरुद्ध आठ करोड रुपैयाँ बिगोसहित आरोपत्र दायर गरेको छ ।

विभागका अनुसार बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका स्थायी बसोबास गर्ने सौगात इन्टरनेसनल प्रालिका प्रोपराइटर दिपक कुमार देउजा, चितवन, कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको नागार्जुन नगरपालिका सितापाइलाको मिलन टोलमा बसोबास गर्ने सौगात इन्टरनेसनलको खाता सञ्चालक मोहन प्रसाद भट्टराई र काठमाडौं महानगरपालिका लगनटोल स्थायी बसोबास गर्ने सौगात इन्टरनेसनलका लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध आठ करोड २१ लाख ७२ हजार छ सय ४१ रुपैयाँ बिगोसहित उच्च अदालत पाटमा आरोपपत्र दायर गरिएको हो ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयक्त, नक्कली तथा झुुटा मूल्य अभिवृद्धि बिजक लिई वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी मू.अ. करतर्फ क्रेडिट दाबी गरी तिर्नुपर्ने मू.अ. कर नतिरेको र आयकरतर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेकोले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरूबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको देखिएको विभागले जानकारी दिएको छ ।

सोअनुरुप राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा २ (छ १) हुन आउने मू.अ. करतर्फ दुई करोड ५२ लाख १४ हजार तीन सय ९५ र आयकरतर्फ पाँच करोड ६९ लाख ५८ हजार दुई सय ४६ रुपैयाँ समेत जम्मा हुन आउने कुल बिगो आठ करोड २१ लाख ७२ हजार छ सय ४१ रुपैयाँ कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३(१) बमोजिम प्रतिवादीहरू दिपक कुमार देउजा र मोहन प्रसाद भट्टराईसँग बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन र सुनिलमान शाक्यको हकमा सोही ऐनको दफा २३ को उपदफा (३) बमोजिम मतियारलाई हुने सजाय हुन मागदाबी लिई अभियोगपत्र दायर गरिएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?