भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गरेकी छन् ।
किर्तिपुर नगरपालिका वडा नंम्बर ५– पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यही चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपूूर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् ।
उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी कार्यक्रम र वजेट व्यवस्था गर्न लागिएको पनि बताइन् ।
मन्त्री शशी श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका करिब १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया