नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

लोकपथ
77
Shares

काठमाडौं । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । फागुन २५ गतेदेखि २९ गतेसम्म चलेको बैठक अनुसार फागुन ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका हुन्।

संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण समेत गरेको थियो।

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ । समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?