काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ४ सय १४ जनाको परीक्षण गर्दा ५० जनामा पीसीआर र ८ जनामा एन्टीजेन पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६१ हजार २ सय १८ रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया