काठमाडौं । युवा संस्थाहरूको राष्ट्रिय सञ्जाल नेपाल युवा संस्था सञ्जाल (आयोन) को अध्यक्षमा खोटाङका विकल राई सर्वसम्मत निर्वाचित भएका छन् । आयोनको १५ औं साधारण सभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
संस्थाको वरिष्ठ उपाध्यक्षमा चन्दन शाह, महासचिवमा खिमानन्द देवकोटा, सचिव विपना शर्मा र कोषाध्यक्षमा शोभा सापकोटा चयन भएका छन्। खोटाङ स्थायी घर भएका राई लामो समयदेखि युवाहरूका मुद्दामा सक्रिय रहँदै आएका छन्।
उनले देशभरका युवा क्लवहरूलाई थप प्रभावकारी बनाउने गरि आफूले काम गर्ने बताए। आयोनलाई देशकै ठूलो युवा संस्थाहरुको राष्ट्रिय सञ्जालका रुपमा लिइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया