देशका विभिन्न स्थानमा २ जना मृत अवस्थामा फेला

लोकपथ
98
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-६ जलभञ्याङ बस्ने ४५ वर्षीया कुमारी भुजेल आफ्नै घरभित्र आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले घटना सम्बन्धमा आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-२ चिसापानीस्थित चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा कार्यरत रामग्राम नगरपालिका-३ परासी घर भएका ३७ वर्षीय डा. दिपेन्द्र प्रताप सिंह सोही अस्पतालको दोस्रो तलास्थित चेन्जिङ रुपमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?