काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्चशिक्षामा सुधार नुहने बताएका छन् ।
थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सबलीकरणमा ध्यान दिनुपर्यो ।’
देश सुरुङमार्ग, लिफटिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे ।
‘जाँदा पिच भएको बाटो फर्किँदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुपर्यो ।’
पूर्वाधार निर्माण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए ।
विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया