१८ महिने बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

लोकपथ
392
Shares

काठमाडौं । मोरङमा एक वर्ष ६ महिनाको बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैँचा नगरपालिका(७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोप लागेका दुवैलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका दुवै जनाले ललाइफकाइ नजिकैको झाडीमा लगेर बलात्कार गरेको स्वीकार गरेको मोरङ प्रहरीले दाबी गरेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी बालिकामाथि शुक्रबार दुवै अभियुक्तले बलात्कार गरेका थिए।

यसपछि उनीहरू दुवैले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेका थिए। बालिकालाई गम्भीर घाइते अवस्थामा घर नजिकैको झाडीमा फेला पारिएको थियो। उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा फागुन २८ गते शनिबार मृत्यु भएको थियो।

घटनास्थलमा बालिकाको सुरुवाल खुल्लै रहेको र टाउकोको दायाँ बायाँ सुन्निएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ती बालिकाको योनीमा रगतजस्तो देखिने पदार्थ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?