परराष्ट्रमन्त्री र युएईका अर्थमन्त्रीबीच भेटवार्ता

लोकपथ
35
Shares
k//fi6«dGqL 8f v8sf ;~rf/sdL{;Fu sf7df8f}F, !$ c;f]h . k//fi6«dGqL 8f gf/fo0f v8sf cd]l/sfdf ePsf] ;+o’Qm /fi6«;ª3sf] &^cf}F dxf;efdf efu lnO{ laxLaf/ :jb]z kms{g] qmddf lqe’jg cGt/fli6«o ljdfg:yn ;~rf/sdL{;Fu s’/fsfgL ub}{ . t:jL/ M /Tg >]i7÷/f;;

अन्तालिया कूटनीति मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा दुवै देशका मन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नबारे विचारविमर्श गर्नुभएको थियो । मन्त्री खड्काले नेपाली उत्पादनको निर्यात बढाउन सहज बजार पहुँचका निम्ति सहजीकरण गर्न तथा नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।

आर्थिक सहयोग विस्तार, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि र पर्यटन प्रवद्र्धनलागयत द्विपक्षीय साझेदारीका विभिन्न आयाममा उनीहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै मन्त्री खड्काले युएईमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा युएई सरकारको सराहना गरेका थिए । युएई नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो ।

आजै परराष्ट्रमन्त्रीले ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासका लागि नयाँ एशिया’ विषयमा भएका दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्दै समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा केन्द्रित रहेर नेपालका धारणा प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?