चिकित्सा प्रतिस्थापन विधेयकमा सहमति जुट्न नसकेपछि संसद बैठक स्थगित

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । 

कांग्रेसले अध्यादेशका मूल विषयवस्तु नै हेरफेर गरेको भन्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो । कांग्रेसको चेतावनी पछि सरकारले ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ अगाडी बढाउन सकेन । 

विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनु पर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने प्रावधान हटाइएको छ ।

त्यस्तै आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित नेकपा र कांग्रेस नेताहरुबीच वार्ता भएको थियो । शिक्षामन्त्रीले विधेयक अघि बढाउन सहयोग मागेका थिए । तर, कांग्रेसले अध्यादेश जस्ताको तस्तै आए मात्र नियम निलम्बन गर्न सहयोग गर्ने बताएको छ । 

नेकपा र कांग्रेसबीच सहमति हुन नसकेपछि संसद बैठक भने सूचना टाँसेर स्थगित भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?