वर्तमान सरकार फासिवादमा लिप्त : नेकपा (क्रान्तिकारी माओवादी)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासित सम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । 

नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका महासचिव मोहन वैद्य किरणले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास भएको आरोप लगाउँदै आफुलाई कम्युनिष्ट तथा वाम बताउने सरकारको यस प्रकारको गतिविधि निन्दनीय भएको बताएका छन् । 

पक्राउ परेका नेकपासित सम्बद्ध नेताहरु असारे काका, पदम राई, भरत बम लगायतका नेताहरुको रिहाईको माग गरेका हुन् । 

त्यस्तै ऋषि कट्टेल नेतृत्वको नेकपाले पनि आज एक विज्ञप्ति जारी गर्दै नेकपाका नेताहरुको गिरफ्तारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?