आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
42
Shares

१. ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, स्थानीय तहमा महिलाको विषय हेर्ने छुट्टै संरचना बनाउनुपर्नेमा महिला अधिकारकर्मीको जोड ।

२. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त, महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा र विभेदलाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन आह्वान ।

३. महिला सशक्तीकरण सबैको साझा दायित्व भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड ।

४. राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, अदालत, सभामुख, सरकार र निर्वाचन आयोग एमालेको विरुद्धमा लागेको आरोप ।

५. नेपाली कांग्रेसले थाल्यो औपचारिक रूपमा स्थानीय तहको निर्वाचनलक्षित अभियान, गाउँ–गाउँमा निर्वाचनको तयारीसँगै एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने ।

६. काठमाडौंको रामकोटमा विष सेवन गरी एकै परिवारका पाँच जनाले गरे सामूहिक आत्महत्याको प्रयास, एक जनाको मृत्यु, चार जना अचेत अवस्थामा ।

७. सरकारले पेट्रोलियम पदार्थ खरिदका लागि निगमलाई ४ अर्ब २५ करोड उपलब्ध गराउने, सरकारको यो निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइराख्न मदत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायको भनाइ ।

८. पीडितमा आएको चेतनासँगै सुदूरपश्चिममा जबरजस्ती करणीविरुद्धका उजुरी बढे, चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्र जबरजस्ती करणीका एक सय १४ मुद्दा दर्ता ।

९. देशभर ६ हजार ३ सय ९४ जनाको कोरोना परीक्षण गर्दा थप १ सय ९४ जनामा संक्रमण पुष्टि, ३ सय ४८ जना संक्रमणमुक्त, एक जनाको मृत्यु ।

१०. मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको पूर्वगभर्नर चिरञ्जीवी नेपालको भनाइ, चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने दाबी ।

११. महिलाहरूलाई राज्यको नीति निर्माण र नेतृत्वको तहमा पु¥याउनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको भनाइ, राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भए मात्र मुलुकको विकास हुने दाबी ।

१२. रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरूलाई युक्रेनी राष्ट्रपतिको आग्रह, रुसमा उत्पादित सामग्री बहिष्कार र रुसी तेल आयात नगर्न अनुरोध ।

१३. युक्रेन छाड्नेहरुको संख्या २० लाख पुग्यो, रुसी आक्रमणलाई युरोपमा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा खराब शरणार्थी संकटको रूपमा व्याख्या ।

१४. नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने, मार्च २४ मा हुने खेल थाइल्याण्डको चोनबरीमा हुने ।

१५. र, श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी, श्रीलंका नेभी ८१ रनले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?