काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजारमा झरेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७५ पुगेको छ । त्यसो त पछिल्लो २४ घण्टामा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ । पछिल्लो तथ्यांक अनुसार थप १९४ जनामा संक्रमण पुष्टि भएको छ भने थप ३४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया