काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा रहेका दलबीचको एकता नेतृत्व विवादले अड्किएको छ । एकता भएपछिको पार्टीको सैद्दान्तिक र बैचारिक विषय टुंगिएपनि यसअघि पार्टी फुट्नुको मूख्य कारण भनिएको नेतृत्व विवाद फेरि चुलिएको हो ।
राप्रपा नाम गरेका विभिन्न पार्टीमा रहेका नेतृत्वको व्यक्तिगत स्वार्थ र नेतृत्व चयनको अाधार नटुंगिदा फेरि यी राजतन्त्र धारका पार्टीहरूको एकता प्रकृयामा समस्या थपिएको हो । अघिल्लो हप्ता वार्ता पार्टी एकता समितिको बैठक बसेपनि नेतृत्वबारेको विवाद टुंगिन सकेको छैन ।
राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी गरी तीन धारमा राप्रपा विभाजन भएको थियो । हाल यी तीन पार्टीबीच एकताको प्रयास भर्इरहेको छ । एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा विवाद रहेको एकता समितिका एक नेताले लोकपथलार्इ जानकारी दिए ।
यसअघि कमल थापाकै व्यवहारका कारण पार्टी फुटेकाले उनलार्इ पुन : नेतृत्व दिन नसक्ने मत बढेको नेताहरूले बताएका छन् । कमल थापाले नेतृत्व छाड्नुपर्ने र पशुपति शमसेर राणालार्इ पार्टी अध्यक्ष बनाएर एकता गर्नुपर्ने राप्रपाका एक नेताले बताए । तर, कमल थापाले यसअघि नै पार्टी एकताका लागि पार्टी अध्यक्ष छाड्न तयार रहेको बतार्इसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया