धुलाम्य तुलसीपुर, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र

लोकपथ
77
Shares
{“caption”:”u0905u0932u092au0924u094du0930 u092au0930u0947u0915u094b u0918u094bu0930u093eu0939u0940u2013u0924u0941u0932u0938u0940u092au0941u0930 u092bu094bu0930u0932u0947u0928 u0938u0921u0915 u0964 u0924u0938u094du092cu093fu0930 : u0926u0941u0930u094du0917u093eu0932u093eu0932/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

दाङ । तुलसीपुर-अमिलिया सडकखण्डअन्तर्गतको तुलसीपुर बजारको बाहिनी चोकदेखि मदन-आश्रित चोकसम्मको सडक मर्मत अलपत्र अवस्थामा छ । पुस महिनादेखि मर्मत सुरु गरिएको उक्त सडक तीन महिना बित्न लाग्दासम्म पनि अलपत्र अवस्थामै छ ।

तुलसीपुर बजारको मुख्य सडकलाई मर्मत गर्ने भन्दै निर्माण कम्पनीले सडकको कालोपत्रे उप्काएर फालेको छ । तर कालोपत्रे उप्काएर फाले पनि मर्मत कार्यलाई भने अलपत्र अवस्थामा छाडेको छ । उक्त सडकमा हिँड्ने पैदलयात्री, स्थानीय नगरवासी धुलोका कारण आजित भएका छन् ।

धुलो उडेर स्थानीय व्यापारी, पैदलयात्री, सवारीसाधनलाई समेत निकै सास्ती व्यहोर्नुपरेको छ । तुलसीपुरका व्यापारीले आफ्नै लगानीमा दैनिकजसो उक्त सडकमा पानी हाल्ने गरेका छन् । तर हिजोआज गर्मीयाम सुरु भएकाले पानी हालेको केही घन्टा नबित्दै पुनः धुलो उड्ने गरेको व्यवसायी पूर्ण वलीले बताए ।

यता सडक डिभिजन कार्यालय दाङले भने ठेकेदारको लापरबाही भनेर आफ्नो बचाउ गरेको छ । तुलसीपुर(अमेलिया सडकखण्डअन्तर्गतको सडक मर्मतको जिम्मेवारी पाएका सवइन्जिनियर धर्मराज गिरीका अनुसार ग्रेडर बिग्रिएर काममा ढिलाइ भएको हो ।

सडक निर्माण ठेक्का पुष्पाञ्जली पिएस प्रा.लि.ले लिएको छ भने उसले ईश्वरी कँडेल भन्ने ठेकेदारलाई उक्त सडक निर्माणको जिम्मा दिएको गिरीले बताए । सडक मर्मतको जिम्मा पाएका ठेकेदारको टिपरले पैदलयात्रीलाई ठक्कर दिएपछि ठेकेदार फरार रहेको उनको भनाइ छ । गिरीका अनुसार तीन करोड ३५ लाख ९४ हजार पाँच सय ५४ रुपैंया (भ्याटसहित) मा ठेक्का सम्झौता भएको छ । उक्त सडक यही चैत मसान्तसम्म सक्नुपर्ने गरी सम्झौता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?