युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

लोकपथ
105
Shares
k//fi6«dGqL 8f v8sf ;~rf/sdL{;Fu sf7df8f}F, !$ c;f]h . k//fi6«dGqL 8f gf/fo0f v8sf cd]l/sfdf ePsf] ;+o’Qm /fi6«;ª3sf] &^cf}F dxf;efdf efu lnO{ laxLaf/ :jb]z kms{g] qmddf lqe’jg cGt/fli6«o ljdfg:yn ;~rf/sdL{;Fu s’/fsfgL ub}{ . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।

रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?