कोरोना अपडेट : नियमित संक्रमित ओरालो लाग्दै, कस्तो छ पछिल्लो आँकडा ?

लोकपथ
126
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६ सय ३८ जनाको परीक्षण गर्दा ६६ जनामा पीसीआर र २२ जनाको एन्टीजेन पुष्टि भएको हो ।

त्यस्तै देशभर आज पनि कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ७६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५९ हजार ४ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याक अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको कारण थप १ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या पुगेको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएका कारण सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?