काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र खतरामा छ भनेर भ्रम नर्छन आग्रह गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि संसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा नपरेको भन्दै लोकतन्त्र समाप्त भए के आउँछ भनेर प्रश्न गरेका हुन् ।
त्यस्तै सरकार लोकतन्त्र प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ।’
साथै विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो मात्र भएको बताएका छन् ।
२०३६ सालको जनतन्त्र संग्रहको स्मरण गर्दै, ‘३६ सालतिर चुप लाग चुप लाग जनमतसंग्रह भाडिन्छ भन्ने थियो अहिले त्यस्तै भएजस्तो लाग्छ’ उनले भने, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ । यसरी जनतामा भ्रम फैउलाउने कुरा देशका लागि हितकर छैन ।’
उनले नयाँ व्यवस्थाको प्रयोगमा रहेकाले केही समस्या भएपनि पूरै निराशाको अवस्था नरहेको दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया