काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले संघीय संरचना अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी संगठनलाई संघीय संरचना अनुसार रुपान्तरणका लागि आवश्यक ऐन बनाउने भएको छ ।
शुक्रबार बिहान बसेको उक्त बैठकले संघीयता अनुरुपत नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादन सम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयक बनाउन र शसस्त्र प्रहरी बलको सेवाको गठन सञ्चालन र सेवाको सर्तहरु सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाएको हो ।
साथै बैठकले विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने सैद्धान्तिक सहमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया