तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका सेच्छेरे सेनेहाङ लिम्बुहरूको साझा संस्था सेनेहाङ सेवा समाजको केन्द्रीय दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
तेह्रथुम लालिगुराँस नगरपालिका-६ सुङनाममा सम्पन्न अधिवेशनले पुन: गणेश सेनेहाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गत बिहीबारदेखि सुरु भएको अधिवेशनले सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर सेनेहाङ, इन्द्रबहादुर सेनेहाङ र मञ्जु सेनेहाङ, चमहासचिवमा टीआर सेनेहाङ, सचिव लोकराज सेनेहाङ, कोषाध्यक्ष संग्रामसिं सेनेहाङ चयन भएका छन् । सदस्यहरूमा विकास सेनेहाङ, मिलनकुमारी सेनेहाङ, सुजना सेनेहाङ, नरध्वज सेनेहाङ, बलि सेनेहाङ, चन्द्रध्वज सेनेहाङ, पूर्णबहादुर सेनेहाङ, तेजबहादुर सेनेहाङ र सोमकुमार सेनेहाङ चयन भए ।
अधिवेशनको अवसरमा सेनेहाङ वंशावली विमोचन गरिएको थियो । तेह्रथुमलगायत ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी र मोरङ जिल्लाका सेनेहाङहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया