काठमाडौँ । आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ ।
गृह मन्त्रालयमा आज भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार अब जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध गर्नुपर्ने भएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापाले देशभर विरोध कार्यक्रमका लागि निश्चित स्थान तोकिएकाले सोही स्थानमा मात्र विरोध गर्नुपर्ने बताए । “मुलुकभर शान्ति सुरक्षा कायम गर्दै नागरिक स्वतन्त्रता र नागरिक अधिकारका लागि यो कदम चालेका हौँ,”, उनले भने । सुशासन कायम गरी अग्रगमनलाई सुव्यवस्थित बनाउनका लागि प्रदर्शनस्थल तोकिएको बताए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले खुलामञ्च, तीनकुने खुला चौर, भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर र सिफल चौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने बताए । उहाँले गृह प्रशासन सुधार कार्ययोजनानुसार उक्त स्थानलाई विरोध प्रदर्शनस्थलका रुपमा छुट्याइएको बताए ।
यस्तै ललितपुरमा च्यासल खेलमैदान, गोदावरी बसपार्क अगाडि, बज्रबाराही, भैँसेपाटी, लुभु, लामाटार र धोबीघाट चौर तथा भक्तपुरमा सल्लाघारीमा विरोध प्रदर्शनस्थल तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया