काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको ६ हजार २ सय २० परीक्षणमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५८ हजार ५५५ रहेको छ । नेपालमा हाल कोरोना संक्रमण मुक्त हुने दर ९८.१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा मृतक संख्या भने शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया