ललितपुर र भक्तपुरमा सरकारले छान्यो विरोध प्रदर्शन गर्ने स्थान

काठमाडौं । सरकारले ललितपुरको पाँच र भक्तपुरको एक ठाउँमा विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ । 

तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी सरकारले विरोश प्रदर्शन स्थान तोकेको हो ।  

बिहीबार पत्रकार सम्मेलन गरी गृहमन्त्रालयले भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँम प्रदर्शन र सभास्थल तोकिएको छ ।

त्यसैगरी ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।

यसअघि काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?