मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने

लोकपथ
112
Shares

काठमाडौं । फागुन २१ गते शनिबार (भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । शनिबार प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म २ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ ।
ओपीडीमा मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९०८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने जनाइएको छ ।

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?