शिलान्यासको ८ महिना : डीपीआरको काम समेत सम्पन्न हुन सकेन

लोकपथ
42
Shares

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गर्ने भनिएको रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय भएको तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरू भएको छैन।

स्थानीय रामकिशुन यादवले भने, ‘सरकारले ६२ बिघा जग्गा मिनाहा गरेर प्रतिष्ठानको नाममा गराएको पनि दुई वर्ष भयो । निर्माणकार्य सुरू नै नगरी जग्गा बाँझै रहेको देख्दा दुःख लागेको छ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत २२ असारमा प्रतिष्ठानको भर्चुअल माध्यमले शिल्यान्यास गरेर काम चाँडै सक्ने भने पनि आठ महिना बितिसकेको छ।

तर, अहिलेसम्म डीपीआरको काम समेत सम्पन्न हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?