१. एमसीसी परियोजनालाई ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य, ३ सय १५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर देशको गरिबी निवारण र दिगो आर्थिक विकासतर्फ अघि बढाउने योजना ।
२. आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने, प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद् अवरोध नगर्न आग्रह ।
३. आइतबार प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविप्लव चन्द विप्लवले बढाए भेटवार्ता, एमाले, माओवादी केन्द्रदेखि नेमकिपाकासम्मका शीर्ष नेताहरूसँग छलफल ।
४. नेकपा एमाले रातो घोडा भएको भन्दै अन्य दलहरूलाई एमालेसँग लड्न आउन गोकुल बाँस्कोटाको चुनौती, आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी ।
५. आज ग्याल्पो ल्होसार, शेर्पा समुदायद्वारा देशभर विभिन्न कार्यक्रम गरी मनाइयो, प्रधानमन्त्री र राष्ट्रपतिद्वारा शुभकामना व्यक्त ।
६. आगामी निर्वाचनसम्मै गठबन्धनले निरन्तरता पाउनेमा जसपाका अध्यक्ष उपेन्द्र यादव विश्वस्त, एमसीसी कार्यान्वयनमा लैजान गठबन्धनमा आबद्ध दलहरू एकै ठाउँमा उभिने निर्णय ।
७. कुनै पनि राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जाने नेकपा माओवादी केन्द्रका नेता देव गुरुङको भनाइ, चारै दलले आ–आफ्नो पार्टीभित्र छलफल गरेपछि मात्रै सत्ता गठबन्धनले निर्णय लिने प्रतिक्रिया ।
८. घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नै नीति नभएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेको आरोप, अव्यवस्थित रूपमा हुने प्लटिङ रोक्नको लागि सरकारले एकद्वार प्रणाली ल्याउनुपर्ने धारणा ।
९. गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने, महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिइने ।
१०. म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार, ७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भिड नियन्त्रणबारे सिकाइने ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९ सय २४ परीक्षणमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय २० जना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।
१२. कोरोनाका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेका विश्व स्वास्थ्य संगठनको तथ्याङ्क, २०२० मा मात्रै डिप्रेसिभ डिसअर्डरका केसहरू २७ प्रतिशतले वृद्धि ।
१३. युक्रेनमा तत्काल रक्तपात रोक्न रुसी राष्ट्रपति पुटिनलाई अमेरिकाको आह्वान, युक्रेनी भू–भागबाट आफ्ना फौज फिर्ता लैजान आग्रह ।
१४. नेपाल सुपर लिगको साबिक विजेता काठमाडौं रेजर्सद्वारा बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त, मार्की खेलाडीमा राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु ।
१५. र, रुस र बेलारुसले २०२२ विन्टर पारा ओलम्पिकमा सहभागिता जनाउन नपाउने, युक्रेनमाथि रुसले आक्रमण गरेको र बेलारुसले सघाएका कारण पारा ओलम्पिकमा सहभागी हुन रोक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया