जाजरकोटमा १७० किलोवाटको सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने

लोकपथ
84
Shares

जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ ।

४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायत गाउँ सोलारबाट विद्युतीकरण हुनलागेका हुन् ।

स्थानीय खड्कविक्रम शाहीले भने, ‘टुकीको भरमा थियौँ, सोलार बत्ती आएपछि हामी खुसी छौँ ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत् पुर्‍याउन काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?