१. प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद भएको विदेशमन्त्रीको भनाइ
२. प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित, बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८ पेस
३. सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिएको सचिवालयको दाबी, सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजिएकोमा ध्यानाकर्षण ।
४. स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल नहुने कांग्रेस प्रवक्ता प्रकाश शरण महतको दाबी, दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क ।
५. माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गरे नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट, एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल ।
६. आजबाट राप्रपाको केन्द्रीय कार्यसमिति बैठक सुरु, राजनीतिकदेखि स्थानीय तहको निर्वाचानसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची, आजै १४ जना केन्द्रीय सदस्य मनोनीत ।
७. एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ सुरू हुने, ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय ।
८. भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय, ग्याल्पो ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ–संस्थाहरू बन्द रहने ।
९. गत सोमबार संसद भवनअगाडि शंकास्पद वस्तु राख्ने २१ वर्षीय युवक पक्राउ, पक्राउ परेका सुवास महत अनेरास्ववियु क्रान्तिकारीका रहेको खुलासा ।
१०. नेपालको संसदबाट अनुमोदन भएको एमसीसीलाई अमेरिकाद्वारा नोट, ‘व्याख्यात्मक घोषणा’का बारेमा भने मौन ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ८७४ परीक्षणमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३२१ जना कोरोना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।
१२. खारकिभमा प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना, खारकिभमा मात्रै २१ जनाको मृत्यु, ११२ जना घाइते ।
१३. बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने, पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पुर्याउने बेलारुसी राष्ट्रपतिको घोषणा ।
१४. आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा श्री भगवती क्लब र दोस्रो खेलमा सरस्वती युथ क्लबको विजयी सुरुवात ।
१५. र, कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा सुधार, वरीयताक्रममा कुशल ८ स्थान माथि उक्लिँदै ३१आँै स्थानमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया