महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा शिविर सञ्चालन

लोकपथ
56
Shares

काठमाडौं । विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दे आएको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै हिन्दुहरुको महानपर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ ।

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर सञ्चालन गरिएको पोखरा, लेक साइड शाखाका शाखा प्रबन्धक नवराज भण्डारीले बताए ।

केदारेश्वर मन्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरुले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दे खुसी व्यक्त गरेका थिए । महाशिवरात्रिमा केदारेश्वर मन्दिर आएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफूल तथा पानीवितरण गरिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?