भारतको सहयोगमा धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको उद्घाटन

लोकपथ
70
Shares

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कैलाली जिल्लाको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल उद्घाटन भएको छ ।

भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशीले आज विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवनको उद्घाटन गरेका हुन् । सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजार रुपैयाँको लागतमा यी नयाँ भवनहरुको निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । ती परियोजनाहरु मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन् । यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?