१. आज महाशिवरात्री : देशभरका शिवमन्दिरमा दर्शनार्थीको घुइँचो, शिवको पूजाराधना गरी मनाइयो ।
२. एमसीसी संसदबाट पारित भइसकेकाले कार्यान्वयनमा लैजानुको विकल्प नरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आफूहरूलाई बाहिर राखेर सत्ता गठबन्धन एक्लैले त्यसको जस लिन खोजेको टिप्पणी ।
३. ओलीमा देशभक्तिको भावना नभएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आरोप, ओली नेतृत्वकै सरकारका कारण एमसीसीबारे भ्रम फैलिएको जिकिर ।
४. सर्वोच्चले उल्ट्यायो पीडितमाथि लाञ्छना लगाई कसुरदारको कैद सजाय घटाउने उच्च अदालतको फैसला, जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अधिकतम सजाय गर्नुपर्ने नजीर प्रतिपादन ।
५. युक्रेनमा रहेका नेपालीहरूको उद्धार गर्न एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोली युक्रेन र पोल्याण्डको सीमानामा, हालसम्म ३ सयभन्दा बढी नेपाली सुरक्षित स्थानमा, छिटोभन्दा छिटो उद्धार गर्ने पन्तको प्रतिबद्धता
६. यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर सैनिक मञ्च टुँडीखेलमा सेना दिवस मनाइयो, राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिको उपस्थिति, हेलिकोप्टरबाट राष्ट्रिय झण्डा प्रदर्शन तथा पुष्पवृष्टि ।
७. त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरू आन्दोलनमा, ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग ।
८. प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको आरोप, जनताको इच्छाविपरीत संसदले राति बहुमतले एमसीसी पास गर्नु दुःखद भएको प्रतिक्रिया ।
९. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडान हुने, वैशाख १ गतेबाट परीक्षण उडान गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी
१०. पछिल्लो २४ घण्टामा देशभर १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५४ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।
११. इन्डियन आयल कर्पोरेशनले बढायो फेरि पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्यअनुसार पेट्रोलको खरिदलागत प्रतिलिटर १६५ रुपैयाँ ५२ पैसा पुग्यो ।
१२. रुस र युक्रेनबीचको युद्ध कडा बन्दै गएपछि आफ्ना नागरिकप्रति भारतको चासो, रुसको मुख्य टार्गेट रहेको सहर तत्काल छोड्न नागरिकलाई आग्रह ।
१३. रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिए, ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्र संघको भनाइ ।
१४. नेपाल सुपर लिग (एनएसएल)ले ग¥यो दोस्रो संस्करणको अक्सनका लागि खेलाडीको सूची सार्वजनिक, अक्सनमा २ सय ४२ खेलाडीको नाम समावेश ।
१५. र, इंगलिस प्रिमियर लिग फुटबलमा आज बर्नली र लेस्टर सिटी भिड्दै, घरेलु मैदानको फाइदा उठाउने दाउमा बर्नली ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया