महाशिवरात्रिको अवसरमा अशक्तलाई सम्मान

लोकपथ
42
Shares

राजविराज । राष्ट्रिय एकता अभियानले महाशिवरात्रिको अवसरमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरको छ ।

अभियानसँग आबद्ध युवाहरुले राजविराजमा रहेको हरि नन्देश्वर महादेव मन्दिरको प्राङ्गनमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अशक्त , अपाङ्गता भएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

मन्दीर परिसरमा आउने असक्तहरुलाई मनोवल उच्च पार्न सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहले बताईन्।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष साहले अशक्तहरुलाई समाजमा सम्मान बढाउन आफुहरुको संस्था सदैब अगाडी रहने बताए ।

उनले धार्मिक क्षेत्रमा पनि सबैको पहूच हुनुपर्ने आवश्यक रहेको समेत बताइन्।

कार्यक्रममा धर्मिक क्षेत्र संग आवद्ध रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?