बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक

लोकपथ
63
Shares

नेपालगञ्ज । बागेश्वरी मन्दिरमा महाशिवरात्रिको अवसरमा आराध्यदेव भगवान शिवको पूजाआराधना गरी महाशिवरात्री पर्व मनाइएको छ ।

हिन्दू धर्मावलम्बीहरूले नेपालकै एक मात्र खडेश्वर जुँगे महादेवको मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरि महाशिवरात्री मनाएका हुन् ।

आज बिहानैदेखि शिव भगवानप्रति आस्था राख्ने भक्तहरूले शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

शिव भगवानको पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने विश्वासले खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न छिमेकी मूलुक भारतलगायत विभिन्न जिल्लाबाट आई पूजापाठ गर्नेहरूको भिड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?